तेस्रो सशिता छेत्री स्मृति फूटबल टुर्नामेण्ट २३ दिसम्बरदेखि

SAVE_20221214_134900.jpg

लोप्चु गेम्स एण्ड स्पोर्टस एसोसिएशनको तत्त्वावधानमा सशिता छेत्री स्मृति नक्आउट खुल्ला नक्आउट फूटबल टुर्नामेण्टको तेस्रो संस्करण आउँदो २३ दिसम्बरदेखि आयोजन गरिनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई सशिता छेत्री स्मृति विनर्स ट्रफीको साथमा १,२०,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६०,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क ४००० रुपियाँ तोकिएको छ। टीमहरूका निम्ति नाम पञ्जीकरण गराउने अन्तिम मिति १८ दिसम्बर रहेको छ। टुर्नामेण्टका सबै म्याचहरू स्थानीय लोप्चु जनमैदानमा हुनेछ। टुर्नामेण्टको गत संस्करणमा एकाडमी नाइट्स (एके) , गान्तोक च्याम्पियन रहेको थियो। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूले निम्न नम्बरहरूमा सम्पर्क गर्न सक्नेछन्ः
९८३२३१८२८५, ९८३२९४४२१४

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement