अलिपुरद्वार: कालचिनी ब्लकको पासाखा रोड एशियन हाइवेमा गतराति एक सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ। कालचिनी ब्लकको मंगलबारी हाटखोलाका दिवान तामाङ स्कुटी चलाएर पसाखा रोड इलाका हुँदै जाँदै गर्दा अज्ञात सवारीले स्कुटीलाई ठक्कर दिँदा त्यहाँबाट भागेको हो। प्रहरी र स्थानीयले घटनास्थलमा पुगेर तिनलाई तत्कालै लताबारी अस्पताल पुऱ्याएका थिए। जहाँ चिकित्सकले तिनलाई मृत घोषणा गरेका थिए। शव पोष्टमार्टमका लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाइने कालचिनी प्रहरीले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।