दक्षिण सिक्किममा वैज्ञानिक सुँगुरपालनमाथि एक दिवसीय तालिम

IMG-20221213-WA0288.jpg

गान्तोक: दक्षिण सिक्किम कृषि विज्ञान केन्द्रको सहयोगमा वैज्ञानिक सुँगुर पालन सम्बन्धी एक दिनको प्रशिक्षण र जागरूकता कार्यक्रम सम्पन्न भयो। यसका साथै सुँगुर र अन्य सामग्रीहरूको वितरण पनि गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा ताङ्जी-विकमत जिल्ला क्षेत्रका जिल्ला पञ्चायत सदस्य अनिल शंकर उफस्थित थिए। यस लगायत पञ्चायत अध्यक्ष गीता छेत्री उपस्थिति रहेको थियो। डा. पीके नन्दा जो प्रमुख वैज्ञानिक तथा नोडल अधिकारी हुन् जसले कार्यक्रमबारे प्कास पारेका थिए। कार्यक्रममा डा. समीरन बन्द्योपाध्याय जो कोलकाताका वरिष्ठ वैज्ञानिक हुन् उनका साथमा इन्द्र प्रसाद शिवाकोटी, वरिष्ठ वैज्ञानिक डा. दीपशिका प्रधान, उप निर्देशक र प्रशासनिक कर्मचारीहरू र पासी गाउँका लाभार्थी किसानहरूको सहभागिता थुयो। कार्यक्रमको शुरुमा प्रमुख अतिथि तथा अन्य अतिथिहरुलाई केभीकेका वरिष्ठ वैज्ञानिक तथा प्रमुख आईपी शिवकोटीले अतिथिहरूलाई स्वागत गरेपछि वरिष्ठ वैज्ञानिकले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारे र कार्यक्रम वितरणको क्रममा वैज्ञानिकले दिएको निर्देशनहरू सुन्न लाभग्राही किसानहरूलाई आग्रह गरे। उनले सुँगुरको उचित हेरचाहमा पनि जोड दिए ताकि हामीले आजको कार्यक्रमको परिणाम सफल रहोस। यसबाहेक डा. छेवाङ नोर्बु भोटियाले केन्द्रले गरेका कार्यहरुबारे फ्नो पावर पोइन्ट प्रस्तुतीकरण मार्फत सुँगुरहरूमा स्वास्थ्य र रोगहरू तिनीहरूको प्रजनन प्रक्रिया, नस्लको छनोट आदिबारे प्रशिक्षण दिए। डा. पीकेले आफ्नो सम्बोधनमा दक्षिण सिक्किमले सिक्किमको दक्षिण जिल्लामा यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने प्रयासको प्रशंसा गरे। आफ्नो छोटो भिडियो मार्फत उनले संस्थाले गरेका विभिन्न गतिविधि, अनुसन्धान कार्य र अन्य कामका बारेमा सबै सहभागीहरूलाई प्रकाश पारे। बरिष्ठ वैज्ञानिक डा.समिरन बन्दोपाध्यायले आफ्नो मन्तव्यमा सुंगुर पालनको मानसिक तथा शारीरिक स्वास्थ्य र सुंगुरमा लाग्ने अन्य सामान्य रोगहरुबारे जोड दिए। कृषक वैज्ञानिक अन्तरक्रियामा डा. दीपशिका प्रधानले सरकारी विभागका विभिन्न योजनाहरू कसरी कार्यान्वयन गरे र पशुधनको विभिन्न बीमा योजनाहरूको दर्ता प्रक्रियाबारे स्पष्ट विवरण दिए। पासी गाउँका एक किसान प्रतिनिधिले दक्षिण सिक्किम कृषि विज्ञान केन्द्र र सरकारी विभागलाई विभिन्न योजनाहरू मार्फत त्यस्ता लाभहरू प्रदान गरेकोमा धन्यवाद दिए। आयोजकलाई सुँगुरको राम्रो हेरचाह गर्ने र पछिल्ला वर्षहरूमा सफल प्रतिक्रिया दिने आश्वासन पनि दिए। प्रमुख अतिथि अनिल शंकरले सबै लाभग्राही किसानहरूलाई सुँगुरको उचित हेरचाह गर्न र वितरण कार्यक्रममा दिइएका निर्देशनहरू पालना गर्न आग्रह गरे। उनले केन्द्र र प्रदेश सरकारका विभिन्न योजनाहरूबाट अधिकतम लाभ लिन उपस्थित सबैलाई अनुरोध गर्दै जनतालाई सरकारी विभागहरूसँग जोड्न सक्दो सहयोग गर्ने आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement