नाम्ची र गान्तोकमा विभिन्न उत्पादहरुको प्रदर्शनी

IMG-20221213-WA0287.jpg

गान्तोक: सिक्किम सरकारको शहरी विकास विभाग अन्तर्गत गान्तोक, एमजी मार्ग र नाम्चीमा आजदेखि दिनदयाल अन्त्योदय योजना अन्तर्गत स्व-सहायता समूहहरूको एक हप्ताव्यापी प्रदर्शनी तथा बिक्री सुरु भयो। कार्यक्रममा जीएमसीका उपमेयर छिरिङ पाल्देन भोटिया, कार्यकारी काउन्सिलर सन्दीप मालु, डिकी लमु लेप्चा, राम तामाङ उपस्थित थिए। सहभागी एसएचजीहरूको आय आर्जनलाई प्रोत्साहन गर्न प्रत्येक वर्ष प्रदर्शनी सञ्चालन गरिन्छ। प्रदर्शनी एक केन्द्रीय वित्त पोषित योजना हो। यो स्थानीय रूपमा उत्पादित एसएचजीको उत्पादनहरूको बिक्री बढाउने पहल गरिन्छ र यस पहलले विभिन्न स्व-सहायता समूहका सदस्यहरूलाई तालिम दिने र उनीहरूको भविष्यका प्रयासहरूको लागि अनुदान उपलब्ध गराउने लक्ष्य राखिन्छ। सप्ताहव्यापी प्रदर्शनी कार्यक्रममा जम्मा २९ वटा एसएचजी सहभागी छन्, जसमा २१ वटा एसएचजीले आफ्नो उत्पादन गान्तोकमा र बाँकी ८ वटा एसएचजीले नाम्चीमा आफ्ना उत्पादनहरू प्रदर्शन गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement