कुपुकमा डेन्जोङ शेर्पा एसोसिएशनको सम्वन्वय सभा सम्पन्न

IMG-20221213-WA0286.jpg

गान्तोक: सिक्किमे शेर्पा समुदायको संस्था,डेन्जोङ शेर्पा एसोसिएसनको समन्वय सभा सोमबार नाथाङ-माचोङ निर्वाचन क्षेत्र अन्तर्गत कुपुकस्थित एक सामुदायिक भवनमा सम्पन्न भयो। सिक्किम सरकारको जलश्रोत विभागका अध्यक्ष पेमा वाङ्छुक शेर्पाको अध्यक्षतामा आयोजित सभामा संगठनका मुख्य संरक्षक साङ्गे शेर्पा, डेन्जोङ शेर्पा एसोसिएसनका अध्यक्ष दोर्जी पिनाशा,उपाध्यक्ष फुर्बा छिरिङ शेर्पा, कोषाध्यक्ष मिङ्मा शेर्पा, एमडी शेर्पा, प्रवक्ता पासाङ ग्याली शेर्पा अनि कानुनी सल्लाहकार डीएसए एवं अधिवक्ता याङ्जी शेर्पा लगायत संगठनका अन्य सदस्यहरूको उपस्थिति रहेका थिए। कार्यक्रममा जिल्ला पञ्चायतहरू लाक्पा कागते, डानियल शेर्पा, दावा याङ्जी शेर्पा, लाक्पा छिरिङ शेर्पा, ग्राम पञ्चायत अध्यक्ष पेमा शेर्पा, उपाध्यक्ष मिङ्मा ल्हामु शेर्पा, मिङ्मा शेर्पा र छिरिङ याङ्जी शेर्पाले पनि सहभागीता जनाएका थिए। मुख्य अतिथि लगायत विशिष्ट व्यक्तित्वहरूलाई खादा अर्पण गरी स्वागत गरेपछि शुरु भएको कार्यक्रममा विशेष यस वर्ष सिक्किम सरकारद्वारा सम्पन्न गरिएको निर्दलीय पञ्चायत चुनावबारे विभिन्न वक्ताहरूले प्रकाश पारे। सरकारले निर्दलीय रूपमा पञ्चायत चुनाव गराएपछि सबै जातिका नागरिकहरूले अघि आएर चुनावमा भाग लिनका साथै प्रतिस्पर्धा गर्ने अवसर पाएको र शेर्पा जातीहरूले पनि यसमा भाग लिएर उम्मेदवारी दिएको र आफ्नो जातीहरूबाट पनि धेरै पञ्चायतहरू बनाउन सकेको मन्तव्य गर्दै सिक्किम सरकार र मुख्यमन्त्रीलाई धन्यवाद दिएका थिए। यद्यपि, सरकारद्वारा निर्दलीय चुनाव लड्ने अनुमति प्रदान गरेर यस भेगमा धेरैजना पञ्चायतहरू बन्न सकेपनि कतिपय राजनीतिका असामाजिक तत्वहरूले यहाँ विजयी भएका पञ्चायत उम्मेदवारहरूलाई विभिन्न लाञ्छना लगाउँदै भोटर कार्ड रद्द गरिनुपर्छ भन्ने विषय उठाएको संगठनलाई थाहा लागेपछि यस विषयमा पनि सभामा व्यापक छलफल भएको थियो। कार्यक्रमका मुख्य अतिथि एवं सिक्किम सरकारका जलश्रोत विभागका अध्यक्ष पेमा वाङ्छुक शेर्पाले यसपालिको पञ्चायत चुनाव निर्दलीय हुँदा धेरै समुदायको मान्छेले मौका पाएको र यसको श्रेय सोझै सिक्किमका मुख्यमन्त्रीलाई जाने बताए। पञ्चायत चुनाव लड्ने अधिकार संवैधानिक अधिकार हो, यसलाई लिएर कसैले भोटर लिस्टमा नाम काट्ने गर्छ भने त्यो भारतको संविधान विरोधी हो, उनलेे भने। कुपुक र यस वरपर बस्ने नागरिकहरूले सेनासँग मिलेर काम गरिरहेका छन् भने उनीहरू माथि औंला उठ्नु भनेको भारतीय सेना माथि पनि औंला उठ्नु हो भन्ने किठान् गरे। स्थानीय शेर्पाहरूको पक्षमा आफू सधैं खडा रहने र सबैजना निर्धक्क बस्न पनि उनलेे आग्रह गरे। यस अघि कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका प्रवक्ता पासाङ शेर्पाले स्थानीय समूदायहरूलाई पटक-पटक अन्याय भइरहेको र एउटै समुदायलाई हेला भएको जस्तो कुरा डेन्जोङ शेर्पा एसोसिएसनलाई पत्रचार भएपछि उनीहरूको स्थिति बुझ्न यहाँ आएको बताउँदै यस सीमावर्ती क्षेत्रमा सबैलाई सहयोग पुर्‍याउँदै बसोबास गरिरहेका नागरिक माथि अवहेलना गर्नेहरूलाई आफूले विरोध गर्ने जनाए। सिक्किममा जहिले पनि बहुसंख्यामा रहेका जातीहरुमा बिदेशीको लान्छना लगाउने बिचारकहरुले कुटनैतिक चाल चाल्ने गरेको छ तर खाँटि सिक्किममेहरुमा यस्तो अवहेलना नगरी सबै सिक्किममे भएर सिक्किमको संरक्षण गर्ने बिचार बडाउन आवहान गरेको छ। कुनैपनि व्यक्तिले जाल-साझी गरेर कागतपत्र बनाएको छ भने उसलाई दण्ड दिने न्यायालय छ, विभाग र सरकारी निकायहरू छन् अनि सरकार पनि छ। साथै न्यायालयले नै त्यसलाई खारेज गर्छ भने संगठनलाई पनि भन्नु केही छैन तर सामूहिक रूपमा यसरी आक्रमण हुनु बद्लाको राजनीति हो भन्दै उनलेे आफ्नो मञ्चबाट बद्लाको भावना लिएर कसैले काम नगरिदिन आग्रह गरे। साथै बद्लाको भावना कुनैपनि समुदाय माथि अनि विशेष गरेर शेर्पा समुदायमाथि अलिकति पनि आँखा लाउने कोशिश पनि नगरिदिनुहोस् उनलेे भने। उनलेे स्थानीय समुदायका लागि डेन्जोङ शेर्पा एसोसिएसन सदैव साथमा रहने र कसैलाई अन्याय हुन नदिने कुरामा पनि आश्वस्त पार्दै सम्बन्धित विषयमा अन्य कुराहरू पनि राखे । कार्यक्रममा उपस्थित वरिष्ठ अधिवक्ता याङ्जी पिनासाले आफ्नो सम्बोधनमा यी विषयहरूलाई प्रक्रियागत रूपमा समाधान गर्नुपर्ने बताइन्। उनले शेर्पा समुदायले न्याय पाउन गाउँ स्तरमा ग्राम सभाको आयोजना गरेर यसलाई पहल गर्न सकिने सुझाव दिँदै विभिन्न कानुनी र संवैधानिक विषयहरू माथि पनि स्पष्ट पारिन्। कार्यक्रमलाई अन्य वक्ताहरूले पनि सम्बोधन गर्दै समुदाय र संगठनका बारेमा आफ्नो मन्तव्य राखे। यसपालि पञ्चायत चुनावमा विजयी उम्मेदवारहरूलाई संगठनको तर्फबाट खादा अर्पण गरी सम्मान गरिएको थियो। अन्तमा खुल्ला विमर्श पछि फुर्बा शेर्पाद्वारा धन्यवाद ज्ञापनको मन्तव्यपछि कार्यक्रम सफलतापूर्व शेष भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement