सिक्किम प्रीमियर लीगको निम्ति सिंगलिंग स्पोर्टिंग क्लबमा सामेल भए सौरभ तामाङ

IMG_20221213_212457.jpg

उत्तर बंगालका उदीयमान फरवर्ड पासाङ दोर्जी (सौरभ) तामाङसँग सिक्किमको सिंगलिंग स्पोर्टिंग क्लबले अनुबन्ध गऱ्यो। आउँदो वर्ष जनवरीमा शुरु हुने सिक्किम प्रीमियर लीग (एसपीएल)-को पहिलो संस्करणको निम्ति क्लबले सौरभसँग अनुबन्धको औपचारिकता पूरा गरेको छ। मैदानमा ओर्लिएपछि गोल गर्ने असाधारण क्षमताले गर्दा चिनिने सौरभले हालै सम्पन्न सिलगढ़ी प्रीमियर लीगमा पनि ६ गोलको साथ सर्वाधिक गोलदाताको पुरस्कार जितेका थिए। सिलगढ़ीको हिमाली शहीद नगर निवासी सौरभ अहिले त्रिपुरा लीगको हिस्सा बन्न अगरतला पुगेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement