वृद्धाको अन्तिम शव यात्रा ब्यान्ड – बाजाको साथमा

IMG_20221213_201631.png

राजगञ्ज: १११ वर्ष पुगेका एउटी वृद्धा राजगञ्जको माझियाली ग्राम पञ्चायत अन्तर्गत पाथरघाटा गाउँकी निवासीको मृत्यु भएपछि तिनका परिवारका सदस्यहरूले आज डीजेको म्युजिकमा डान्स गर्दै वृद्धाको अन्तिम शव यात्रा श्मशानतिर लगिरहेको अनौठो दृश्य देखियो। राजगञ्जको माझियाली ग्राम पञ्चायत अन्तर्गत पाथरघाटा इलाका निवासी नृपति रायको १११ वर्षको आयुमा निधन भयो। उक्त वृद्धाको छोरा तथा नाती नातिनी लगाएर मोठ ५० जनाको सदस्य छन्। मृतक वृद्धाको छोरा तपन रायले बताएअनुसार आमाको मृत्यु बिरामी नभएर वृद्धावस्थाको कारण भएको हो। तिनी जीवित छँदा खुसीको साथमा जीवन बिताउन मन पराउन्थिन्। यसैले तिनको मृत्युपछि आज डीजेको म्युजिकमा नाँच्दै गाउँदै आमाको पार्थिव शरीर श्मशान घाटमा लगिएको हो। परिवारका सदस्यहरू लगायत स्थानीय मानिसहरू तिनको अन्तिम यात्रामा सामेल थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement