कालचिनी- जयगाउँ थाना अन्तर्गत पर्ने खोक्ला बस्ती निवासी एकजना देवाङ तामाङ उमेर ३८ को स्कूटी दुर्घटनामा मृत्यु भएको घटनाले आज सम्पूर्ण खोक्ला क्षेत्रमा शोकको लहर छाएको छ| प्राप्त जानकारीअनुसार सॉंझ देवाङ तामाङ खोक्ला बाङ्गेबाट एसियन हाईवे ४८ हुँदै आफ्नो स्कूटीमा सवार भएर दलसिंहपाड़ातर्फ आइरहेको थियो भने पछिल्तिरबाट आइरहेको एउटा वाहनले स्कूटीलाई धक्का दिँदा स्कूटी अनियन्त्रित भएर सड़कमा लड़न पुगेको थियो भने घटनास्थलमा स्कूटी चालक देवाङ तामाङ अचेत अवस्थामा लड़ेको थियो|
घटनाको जानकारी पाएर दलसिंहपाड़ा भानुभक्त मोड़ स्थित आउटपोस्टका पुलिसबलले आशयाजनक अवस्थामा घाइतेलाई उद्धार गरेर उत्तर लोथाबारी ग्रामीण अस्पतालमा पुर्याएको थियो तर चिकित्सकहरूले मृत घोषणा गरेपछि मृतकको परिवारमा शोकको लहर छाएको थियो|









