अखिल भारतीय मंगर संघको आयोजनाम बाराही-मी-जोङ पालन

aa01ebf2-24f3-4f8b-9eed-26396827b3f9


कालचिनी- अखिल भारतीय मंगर संघको आयोजनामा मंगलबार कालचिनी खण्डको भारत भोटाङ सीमान्त सेन्ट्रल डुवर्स चियाबारीको राङ्गमाटी डिभिजनमा भव्यताको साथ बाराही-मी-जोङ उत्सव पालन भयो| कार्यक्रमको अध्यक्षता अखिल भारतीय मंगर संघको केन्द्रिय अध्यक्ष डा. जीवन राणाले गरेको थियो भने प्रमुख अतिथिमा सिक्किम राज्यकी विधायिका राजकुमारी थापा एवम् विशिष्ट अतिथिहरूमा सिक्किम बीएमएसएसएसका सचिव विष्णु राणा, अल असम मंगर संघको सभापति भरत पुलामी, जनजाति महासंघका अमित थापा मंगर, नारी प्रकोष्ठका सभापति गीता थापा, बांग्ला साहित्यकार प्रमोद नाथ, सेन्ट्रल डुवर्स चियाबारीको प्रबन्धक अमलचन्द्र बोरा, डुवर्स गोर्खा ट्राइबल स्टेटस डिमान्ड कमिटीको सभापति शंकरनाथ प्रधान र सचिव प्रशान्त थुलुङ, कोषाध्यक्ष सानु खवास एवम् अन्यान्यको उपस्थिति रहेको थियो|


बिहान कार्यक्रमको पुर्वार्द्धमा मंगरहरूको पूजा थान देवालयमा आयोजक कमिटीको सभापति प्रितम राणा मंगरको बाहुलीबाट रिबन काटेर उद्घाटन गरीएपछि वापाहरूको समूहले बाराहीको पारम्परिक मंगर रीतिमा पूजा अर्चना गरेको थियो| कार्यक्रमको उत्तरार्द्धमा प्रमुख अतिथि एवम् विशिष्ट अतिथिहरूलाई मंगर भेषभूषामा सज्जित सदस्यहरूले अतिथि सत्कार जनाएको थियो भने प्रमुख अतिथि डा. जीवम राणाको बाहुलीबाट राष्ट्रिय झण्डाको उत्तोलन, मूलसचिव अनिल थापा एवम् युवा प्रकोष्ठका पॉंचवटा जोनका अध्यक्ष अनि सचिवको बाहुलीबाट संघको झण्डा उत्तोलन गरीएको थियो| मञ्च सञ्चालन स्वयं संघको मूलसचिव अनिल थापा मंगरले गरेको थियो भने सहसञ्चालकमा युथ एक्जीक्यूटिभ योगेश थापा, हिमाल थापा र जीना मंगरले सहयोगिता गरेका थिए| कार्यक्रमको प्रमुख अतिथि सिक्किमका विधायिका राजकुमारी थापाको करकमलबाट मञ्चको धुपदीप प्रज्वलन संघका दिवङ्गत सदस्यहरूको नाममा एक मिनटको मौन धारण गरीएपछि अभ्यर्थना सचिव सरण थापाद्वारा स्वागत वक्तव्य राखिएको थियो भने मंगर नृत्य कलाकारहरूले पारम्परिक मारुनी नृत्य प्रदर्शन गरेपछि मञ्चमा मंगर पुरोहितगण वापाहरूलाई खदा माला पहिराएर सम्मान जनाईएको थियो| मञ्चासीन अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो भने यसबीच संघका केन्दिय अध्यक्ष डा. जीवन राणाद्वारा रचित गीतको लोकार्पण पनि गरिएको थियो| यसै क्रममा कालचिनी खण्डको १२ जना मंगर प्रतिभा तथा कर्मठ सदस्यहरूलाई सम्वर्द्धना प्रदान गरिएको थियो| कार्यक्रम सम्बन्धमा केन्द्रिय अध्यक्ष डा. जीवन राणाले बाराही-मी-जोङ मंगर जातिको पारम्परिक उत्सव रहेको यसलाई घर-घरमा पालन गर्दै आइरहेतापनि अखिल भारतीय मंगर संघको आयोजनामा यसलाई बर्षेनी सामुहिक उत्सवको रुपमा पालन गर्दै आइरहेको र मंगर जातिको आफ्नै जनजातिय चरित्र रहँदा पनि आजसम्म एसटी स्ट्याटस नपाएको र यसको लागि संघ निरन्तर प्रयासरत रहेको बताए|


कार्यक्रम आयोजन समितिको पक्षबाट प्रितम राणा मंगर, सरण राणा मंगर, सुदर्शन थापा मंगर, सुनीति थापा मंगर र कार्यकारी सभापति मेघराज थापा मंगरले भव्यरुपमा सफल भएको बताउँदै रांगामाटीमा यो पहिलोपल्ट भव्यरुपमा बाराही-मी-जोङ सबै मंगर सदस्यहरूको सहयोगमा सम्पन्न गरीएको र यसले मंगर जातिको नवपुस्तालाई आफ्नो संस्कृति, परम्परा र भाषाको चेतना जगाउने काम गर्ने आशा सॉंचेको जनाएका छन्|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement