तीनधारेको गैरी गाउँमा नौ दिवसीय देवी भागवत महापुराण हुने

IMG-20221213-WA0274.jpg

खरसाङ: तीनधारेको गैरी गाउँस्थित गोदावारी संघको आयोजनामा नौ दिवसीय देवी भागवत महापुराण हुने भएको छ। उक्त महापुराण आगामी १९ दिसम्बरदेखि २७ दिसम्बर २०२२ सम्म हुने भएको छ। गैरी गाउँको गोदावारी संघको सभापति पदमबहादुर राई र सचिव रबि सुब्बाले दिएको जानकारी अनुसार महापुराणको पहिलो दिन १९ दिसम्बरको दिन तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको उपस्थितिमा कलश यात्रा गरिने भएको छ। उक्त कलश यात्रा गैरी गाउँको पुराणको मण्डपदेखि बिहान ९.३० देखि शुरु भएर स्थानीय मन्दिर परिसर हुँदै १७ माइलको फाँटक अनि हनुमान मन्दिरको परिक्रमा गरी पुन: पुराण मण्डपमा आएर सम्पन्न हुने भएको छ। उक्त नौ दिवसीय देवी भागवत महापुराणमा नेपालबाट चर्चित नाट्यकर्मी चन्द्रकान्त काँफ्ले उपस्थित हुने भएको छ भने वरिष्ठ आचार्यद्वय पण्डित शेषराज उपाद्यय, पण्डित अर्जुन भट्टराई, वरिष्ठ भजन गायक राजु अधिकारी एंव समूह पनि उपस्थित रहने भएको जानकारी प्राप्त भएको छ। गैरी गाउँमा सम्पन्न हुने उक्त नौ दिवसीय देवी भागवत महापुराणको मुख्य उद्देश्य गाउँ समाज र विश्व शान्तिको लागि आयोजना गरिएको बताउँदै उक्त देवी भागवत महापुराणमा तीनधारे र वरिपरिका सबै अाध्यात्मिक व्यक्तिहरू र जनसाधारणलाई उपस्थित भएर नौ दिवसीय देवी भागवत महापुराण सफल पारिदिने र अाध्यात्मिक ज्ञान पनि प्राप्त गर्ने अाह्वान् आयोजक समितिको पक्षबाट सभापति पदमबहादुर राई र सचिव रबि सुब्बाले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement