एटिएम ठगी गर्ने गिरोहका चार सदस्य पक्राउ

IMG-20221213-WA0270.jpg

सिलगढी: सिलगढी महानगरीय पुलिसले यस वर्ष अगस्तमा बागडोगरा क्षेत्रमा एटीएम ठगी रैकेटको पर्दाफास गर्‍यो। यस सम्बन्धमा सिलगढी महानगरीय प्रहरी अन्तर्गत माटिगारा थानाको पुलिसले मंगलबार दिउँसो नयाँ जलपाईगढी क्षेत्रबाट ४ जनालाई पक्राउ गरेको छ। एसीपी सुभेन्द्र कुमारले मंगलबार माटिगरा प्रहरी चौकीमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन्। उनले एटिएम ठगी गरी एक व्यक्तिबाट एक लाख ९२ हजार रुपैयाँ लिएको बताए। घटनाबारे माटिगरा प्रहरी चौकीले अनुसन्धान सुरु गरेको छ। सोही अनुसन्धानका क्रममा प्रहरीले यी चारजनाको बारेमा थाहा पाएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। आरोपितहरूको पहिचान गोपाल कुमार, रिजु कुमार, चन्दन कुमार र धनञ्जय कुमार रहेको छ। उनीहरू सबै बिहारका बासिन्दा हुन्। एसीपीले आफ्नो हिरासतमा राखेर सबै विषयमा अनुसन्धान गरिने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement