खरसाङ: खरसाङको वार्ड नम्बर ९, ११ र १२ सित जोडिएको सुपर मार्केटदेखि मन्टिभियट चौरास्ता पुग्ने रोडको मरमत्तिको कार्यको लागि आज शिलान्यास गरिएको छ। खरसाङ बजारको व्यस्त रोडहरूमध्ये एक मानिने उक्त मन्टिभियट रोडको मरमत्ति कार्यको आज खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पाको बाहुलीबाट शिलान्यास गरिएको छ। खरसाङ बजारको सुपर मार्केटदेखि मन्टिभियटको चौरास्तासम्म पुग्ने १.५ किलोमीटरको रोड खरसाङ ईञ्जिनियरिङ विभागबाट मरमत्तिको कार्य अब शुरु हुने भएको छ। यसको लागि आज भागोप्रमोका पदाधिकारीहरू र विभागीय अधिकारी उपस्थित भएर शिलान्यास गरिएको छ। उक्त रोडको मरमत्ति कार्यको लागि शिलान्यास कार्यक्रममा खरसाङ देवराली समष्टिका सभासद श्याम शेर्पा लगायत खरसाङ ईञ्जिनियरिङ विभागका कार्यकारी अभियन्ता सुदर्शन छेत्री, सहायक अभियन्ता दिपेन प्रधान, वार्ड नम्बर १३ को पूर्व वार्ड पार्षदिका अमृता लामा र १० नम्बर वार्डको पूर्व पार्षदिका डोल्मा यल्मो साथै नारी शक्ति केन्द्रीय समितिको अध्यक्षा अनु प्रधान, जैतुन निशा खातुन, भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, महकुमा समितिको प्रचार प्रसार सचिव दिपेन्द्र सेवा, खरसाङ टाउन कमिटीको सभापति राजु शर्मा, उप सभापतिद्वय सन्दीप बल र पुष्पन प्रधान, सह सचिव बीरबल पाख्रीन, सांगठनिक सचिव सुवास लामा। नारी शक्ति खरसाङ टाउन कमिटीको सभापति सविता कार्की एंव अन्य पदाधिकारीहरू उपस्थित रहेका थिए। शिलान्यास कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ टाउन कमिटीको उप सभापति सन्दीप बलले खरसाङ बजारको जनसाधारणको लागि अनि चालकहरूको सुविधाको लागि जीटीए चिफ् अनित थापाले बजारको सुपर मार्केटदेखि मन्टिभियटको चौरास्तासम्म पुग्ने रोडको मरमत्ति कार्य गरिदिएकोमा हामी भागोप्रमो खरसाङ टाउन कमिटीको पक्षबाट आभार प्रकट गर्दछौं भनी बताएका छन्। उनले हामी यो रोड मरमत्ति कार्य अघि यस रोडमा रहेको सेण्डीकेटका चालकहरूसित पनि सभा बसेका थियौं भनी बताएका छन्। खरसाङ बजारको यो रोड मरमत्ति कार्य सम्पन्न गरिदिएकोमा यस क्षेत्रको चालकहरूले पनि जीटीए प्रमुख कार्यपाल अनित थापालाई धन्यवाद दिन्दै यो रोड मरमत्तिको कार्य असल प्रकारले हुन्छ होला भन्ने आशा राखेको पनि बताएका छन्।









