खरसाङको अम्बटेमा तीनदिने चण्डी महायज्ञ आरम्भ

IMG-20221213-WA0234.jpg

खरसाङ: खरसाङ नजिक अम्बटे चियाबारी अन्तर्गत पाँचघरे गाउँमा तीन दिवसीय चण्डी महायज्ञ सोमवारदेखि शुरू भएको छ। पाँचघरे ग्राम सुधार कल्याण समितिको आयोजनामा गरिएको यो दोस्रो वर्षको पहिलो दिन हो। सम्पूर्ण प्राणी जगतको कल्याण हेतु एवं मानवमात्रको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै शुरू गरिएको चण्डी महायज्ञको पहिलो दिन सम्पूर्ण भक्तजन कलस यात्रा लिएर सर्वप्रथम स्थानीय जलपा देवी मन्दिरमा गई शुद्ध जल संग्रह गरी सिंहदेवी मन्दिरको परिक्रमा गर्दै प्राय: पाँच किलोमिटरको पदयात्रामा सम्पूर्ण गाउँवासी सहभागी बने। आयोजक मण्डलीको पक्षमा मन्तव्य राख्दै मूल सचिव देव कुमार थापाले बताए अनुसार भर्खर मात्र अम्बटे चियाकमान पून: खोलिएको कारणले पनि सम्पूर्ण भक्तजनमा चण्डी महायज्ञप्रति व्यापक जोश र उत्साह देखिकोछ साथै अम्बटेका विभिन्न गाउँ अनि खरसाङ शहरवासीहरूबाट पनि महायज्ञको निम्ति आर्थिक सहयोग प्राप्त भएको आयोजक समितिको पक्षबाट सुदर्शन प्रधानले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement