चिया बगानहरू सुचारू रूपमा सञ्चालन हुन पर्छ भन्ने हामी पक्षमा छौ: डीके गुरूङ
दार्जीलिङ: श्रमिक संगठनहरूले आफ्नो पक्ष राख्न नपाएको हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डी के गुरूङले बताए। गत दिन रम्बुक सिर्डर,राँगेरूङ,पान्दाम अनि आलुबारी चिया बगानहरूलाई पूनः संचालन लिएर सहायक श्रम आयुक्त पश्चिम बंगाल सरकारले श्रमिक संगठनहरूलाई बैठकमा निम्ताएका थिए।आयोजित बैठकमा अन्य श्रमिक संगठनहरूसँगसँगै हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको नेतृत्वहरूले पनि अंशग्रहण गरेको थियो।आयोजित बैठकमा सत्ता पक्षको श्रमिक संगठनको नेतृत्वहरू एंव कार्यकर्ताहरूले नाराबाजी गरेर अन्य श्रमिक संगठनको नेतृत्वहरूले श्रमिकहरूको हितमा आफ्नो पक्ष समेत राख्न नदिँदा विभागीय अधिकारीहरूसँग हात जोडेर बैठकबाट बाहिरो निस्कन परेको अध्यक्ष गुरूङले बताए। तिनले अघि भने आयोजित बैठकमा तृणमूल कङ्ग्रेसको श्रमिक संगठन, क्रामाकपा श्रमिक संगठनहरूको नेतृत्वहरूले पनि आ-आफ्नो पक्ष राख्ने प्रयास गरेको थियो तर उनीहरूले राखेको श्रमिक हितको पक्षलाई बेवस्ता गरेको अध्यक्ष गुरूङले बताएका छन्। हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघ जहिले पनि श्रमिकहरूको पक्षमा उभिएको छ। गत केही महिना अघि रंगीत चिया बगानको श्रमिकहरूमाथि मालिक पक्षले गरेको शोषण र अत्यचारको विरोधमा पार्टी अध्यक्ष अजय एडवार्डस स्वयम उत्रेका थिए।मालिक पक्षले श्रमिकहरूमाथि अन्याय र अत्यचार बन्द नगर्दा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस अनि उनको धर्म पत्नी नम्रता एडवार्डस आमरण अनशनमा पनि बसेका थिए। बन्द चिया बगानहरूको श्रमिकहरूको दुखमा आत्मासात गर्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले एडवार्डस फाउण्डेशनको माध्यमद्वारा राहत वितरणको कार्य गरेको थियो,यति मात्र होइन गरीवहरूको उपचार हेतु मेडिकल क्याम्प, नेत्र जाँच शिविरको आयोजना पनि गरेको थियो।बन्द चिया बगानहरूको विधार्थी नानीहरूको स्कूल फिस,कलेज फिस,खाता किताब आदिको ब्यवस्था पनि गर्दै आइरहेका छन्। स्मरण रहोस दार्जीलिङ अर्गेनिक टी कम्पनीको अधिनस्थ १० वटा चिया बगानहरू मध्ये ६ वटा चिया बगानहरू अर्कै मालिकले लिएर सञ्चालन पनि भइसकेको छ,त्यसरी नै रहल ४ वटा चिया बगानहरू पनि नयाँ मालिकले लिएको छ। हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय डी के गुरूङले अधि भने चिया बगानहरू सवै सुचारू रूपमा सञ्चालन हुन पर्छ भन्ने बारेमा हामी अडिक छौ साथै चिया श्रमिकहरू, स्टाफ एंव अधिकारीहरूले आफ्नो हक र अधिकारीहरूदेखि बञ्चित हुनु हुँदैन भन्ने तिनले बताए।









