अलिपुरद्वार: कलचिनी ब्लकको भारत-भुटान सीमामा अवस्थित जयगाउँमा मंगलबार आवारा कुकुरहरूलाई एन्टि रेबिज खोप दिइयो। जेडीए कार्यालय परिसरमा शिविर मार्फत आवारा कुकुरहरूलाई यो खोप दिइयो। यो शिविर कालचिनी ब्लक पशुपालन कार्यालयले आयोजना गरेको हो। उक्त शिविरमा आज लगभग ५० आवारा कुकुरलाई रेबिजविरुद्धको खोप दिइयो। शिविरमा पशु चिकित्सक डा अनिरुद्ध ब्यानर्जी उपस्थित थिए। सो अवसरमा बोल्दै उनले भने, “रेबिज कुकुरबाट मानिसमा सर्ने रोग हो, रेबिज नियन्त्रण गर्न यो खोप आवश्यक छ। काल्चिनी ब्लक प्रशासनको सहयोगमा आवारा कुकुरलाई खोप लगाइएको हो।”









