मिरिक: सन् २०२० को फरवरी महिनामा खरसाङको एउटा ठाउँमा भएको दुष्कर्म काण्डको आरोपीलाई खरसाङको स्पेसियल अदालतले सोमबार (१२ दिसम्बर) २० वर्ष कारावासको सजाय सुनाएको छ भने साथमा पाँच हजार रुपियाँ जरीवाना पनि तोकेको छl यस बारेमा खरसाङ स्पेसियल अदालतका पब्लिक प्रोसिक्युटर रमेश अग्रवालले बताएका छन्। सन् २०२० को फरवरी महिनामा खरसाङको एउटा ठाँउमा करिब ३० वर्ष नाघेका एक व्यक्तिले एकजना नौ वर्षीय बलकलाई दुष्कर्म गरेको थियोl सो घटनाबारे बालकको आमाले खरसाङ थानामा प्राथमिकी दयार गरेकी थिइन्l यसपछि यही प्राथमिकीको आधारमा पुलिसको कारबाहीद्वारा प्रोटेक्सन अफ् चिल्ड्रेन फर्म सेक्सुअल अफेन्सेस् एक्ट-२०१२ (पोक्सो ऐन-२०१२) अन्तर्गत मामला दायर भएको थियोl खरसाङ स्पेसियल अदालतमा कानुनी प्रक्रिया शुरू भएपछि ११-१२ जना गवाहीहरूको तथ्य अनि सबै पक्षलाई निहालेपछि दुई वर्षमा अदालतले सोमबार सो सजायको फैसला सुनाएको उनले बताए। विगतमा कोभिडको कारणले अदालतहरू बन्द रहेको हुँदा यो मुद्धामा फैसला आउन समय लागेको जानकारी गराँउदै गत वर्ष पोक्सो ऐनअन्तर्गत रहेको सातवटा मुद्धाको सुनवाई भएको बताए।
								



								

															
                    



