कोलकाता: स्कुल बस र लरी एक आपसमा ठोक्किँदा चालकसहित २० जना घाइते भएका छन्। सबैलाई अस्पतालमा भर्ना गरिएको छ। जानकारीअनुसार आज बिहान लगभग साढे आठ बजे बसिरहाटबाट एउटा निजी विद्यालयको बस विद्यार्थी भरी बारासततर्फ गइरहेको थियो। बसिरहाटको मटिया थानाको पिरोजपुर टाकी रोडमा बस र लरी एकआपसमा ठोक्किएका हुन्। यस दुर्घटनामा कुल २० जना घाइते भएका छन्। सबैलाई धनकुरिया ग्रामीण अस्पतालमा भर्ना गरिएको छ। घटनाको खबर पाएलगत्तै मटिया प्रहरी चौकीको प्रहरी घटनास्थलमा पुगेर अवस्थाबारे जानकारी लिएको थियो। यो दुर्घटनाका कारण पुरै क्षेत्रमा हलचल मच्चिएको छ। घाइतेमध्ये दुई विद्यार्थीलाई उपचारका लागि अस्पताल रिफर गरिएको छ। घटनापछि टाकी रोडमा चरम जाम भएको थियो। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। स्कुल बस तीव्र गतिमा रहेको र विपरीत दिशाबाट आएको लरीले ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। यसैबीच प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको छ।










