तृणमूल चिया बगान मजदुर संघ द्वारा पीएफ कार्यालय घेराव, श्रम मन्त्री मलय घटक सामेल

IMG-20221213-WA0165.jpg

जलपाईगुडी: सत्तारूढ तृणमूल कांग्रेसको आईएनटीटीयूसी समर्थित तृणमूल चिया बगैंचा मजदुर संघले मंगलबार जलपाईगुडी पीएफ कार्यालयलाई घेरायो। घेराओ कार्यक्रममा प्रदेश श्रम मन्त्री मलय घटक, आईएनटीटीयूसी प्रदेश अध्यक्ष ऋतब्रत बनर्जी, मन्त्री बालोचिक बराक, जिल्ला तृणमूल अध्यक्ष महुआ गोपे र जिल्ला आईएनटीटीयूसीका नेताहरुको सहभागिता रहेको थियो।यसअघि आईएनटीटीयूसीका नेता तथा कार्यकर्ताहरूले आफ्ना विभिन्न मागहरू लिएर जलपाईगुडी सहरका विभिन्न गल्लीहरूमा र्‍याली निकालेका थिए। र्‍याली विभिन्न मार्ग परिक्रमा गरी पीएफ कार्यालयमा पुगेको थियो। यहाँ पीएफ कार्यालयमा ठूलो मात्रामा भ्रष्टाचार भएको भन्दै इन्टकका नेताहरूले पीएफ कार्यालय घेराएर विरोध प्रदर्शन गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement