भारत-बंग्लादेश टेस्ट सीरीजः द्रविड़को रेकर्ड तोड़्ने कोहलीको लक्ष्य

IMG-20221213-WA0119.jpg

वर्ल्ड टेस्ट च्याम्पियनशीप २०२३-को गोरेटोमा टीम इण्डियाले अब बंग्लादेश विरुद्ध २ वटा टेस्ट म्याचको सीरीज खेल्नेछ। सीरीजको पहिलो टेस्ट म्याच बुधवारदेखि चटग्रामको मैदानमा शुरु हुनेछ। यस टेस्ट सीरीजको निम्ति टीम इण्डियाले कम्मर कसिसकेको छ। पहिलो टेस्ट म्याचको अवधि सबैको नजर विराट कोहलीमाथि रहनेछ। यस ३४ वर्षीय ब्याटरले बंग्लादेश विरुद्ध केवल ५ वटा ईनिंग्समा ३९२ रन बनाएका छन्। यस अवधि उनले २ वटा शतकको साथ ७८.४०-को औसतले रन बनाएका छन्। बंग्लादेश विरुद्ध टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने भारतीयहरूका सूचीमा कोहली अहिले राहुल द्रविड़ र सचिन तेन्दुलकरपछि रहेका छन्। यस सूचीमा कोहलीलाई पार गर्न कोहलीलाई केवल १६९ रनको आवश्यकता छ। द्रविड़ले बंग्लादेश विरुद्ध १० वटा ईनिंग्समा ५६० रन बनाएका छन्। केही दिन अघि खेलिएको तेस्रो वनडे म्याचमा शतक बनाएपछि आत्मविश्वास हासिल गर्ने कोहलीले पहिलो टेस्टमै असाधारण ईनिंग्सको साथ द्रविड़को रेकर्ड तोड़्ने आशा रहेको छ।
कोहलीको साथमा भारतीय ब्याटर चेतेश्वर पुजारासँग पनि एउटा रेकर्ड बनाउने मौका रहनेछ। पुजारा टेस्ट क्रिकेटमा ७ हजार रन पूरा गर्नदेखि केवल २०८ रन पछि रहेका छन्। यसरी नै भारतीय स्पिनर रविचन्द्रन अश्विनको नजर ४५० वटा शिकार पूरा गर्नुमा रहनेछ। टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने भारतीयहरूका सूचीमा अहिले उनीभन्दा अघि केवल अनिल कुम्बले (६१९) रहेका छन्। भारत र बंग्लादेशबीच अहिलेसम्म ११ वटा टेस्ट म्याच खेलियो। यसमा भारतले ९ वटा टेस्ट म्याच जितेको छ। रहल दुईवटा म्याच ड्र भएको थियो। भारतले अन्तिमपल्ट बंग्लादेशलाई २०१९-मा ईडन गार्डन्समा खेलिएको डे-नाइट टेस्ट म्याचमा पराजित गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement