केही पाण्डामवासीहरुले पाण्डाममा विपक्षीहरुलाई घुमाएकोमा क्षेत्र विधायक एव मन्त्री दासले गरे तीव्र विरोध

IMG-20221213-WA0001.jpg

रम्फू। रम्फूमा एसकेएम पार्टीको एक सभा क्षेत्र विधायक एंव मन्त्री एल. बी. दासको अध्यक्षतामा तथा रेलवे मामिला अध्यक्ष के. के. ठटाल, ग्राम विकास विभागकी अध्यक्ष सुनिता गौतम, रम्फू नगर पञ्चायत, नवनिर्वाचित ग्राम पञ्चायत, जिल्ला पञ्चायत अनि एसकेएम पार्टीका कर्मठ एंव सक्रिय कार्यकर्ताहरुको विशेष उपस्थितिमा सम्पन्न भयो। यस सभामा सभाध्यक्ष श्री दासले पाण्डाममा हालै विपक्षी पार्टीका नेताहरुलाई घुमाउने केही पाण्डामवासीहरुका तीव्र निन्दा गर्दै उनीहरुले आज यसरी विपक्षी नेताहरुलाई घुमाउनु भनेको यहाँका हाम्रा मान्छेहरुलाई बिगार्नु हो भन्दै उनीहरुले २५ वर्षे सरकारमा हुँदा घुमाएको भए सबैको भलाइहुने थियो भन्ने जनाए। यस प्रकारको घटिया काम कसैले नगर्ने बताउँदै वर्तमान सरकारको तीन वर्षकालमा पाण्डामको दुइवटा महत्त्वपूर्ण कामहरु- पिउने पानी अनि रम्फू नगर पञ्चायतअन्तर्गतका बजारहरु विकसित र सुन्दरीकरण गरिने जस्ता कामहरु सरकारले अनुमोदन गरेको अवगत गराए। उनले आगामी २१ दिसम्बरको दिन आयोजित गरिने १४औं रोलु दिवसको अवसरमा पश्चिम पाण्डाम क्षेत्रको प्रत्येक ग्राम पञ्चाय अनि नगर पञ्चायत वार्डबाट १०-१० वटा गाड़ीमा १०० जना जनताले सहभागिता जनाउने अनि त्यस दिन को-को जान्छ, को-को जाँदैन… एसकेएम पार्टीप्रतिको इमान्दारिता क-कसकोमा छ, क-कसकोमा छैन .. छर्लङ्गै थाहा पाइने बताए। उनले रोलु दिवसमा कोही व्यक्ति एसकेएम पार्टीमा सामेल हुन चाहे उनीहरु सामेल हुन सक्ने तर कसैलाई जबर्जस्ती भने कसैले नगर्ने सुझाउ पनि दिएका छन्। पार्टीप्रति इमान्दार र बफादार पार्टी कार्यकर्ताहरुको मूल्याङ्कन एकदिन अवश्यै हुने अनि अरु गर्नुपर्ने कामहरु पालै-पालो हुने कुरो पनि मन्त्री दासले जनाए। यस सभालाई सीएलसी अध्यक्ष हरि दङ्गालले सञ्चालन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement