‘एक सच्चे सन्त की आध्यात्मिक जीवनी’ नामक पुस्तक लोकार्पण गरिने

893675d8-4781-4f83-b6c9-06d0c3072e3c

गान्तोक– संस्कार भारती सिक्किमको आयोजनामा आगामी १७ दिसम्बरको दिन राजधानीको ठाकुरबाड़ी मन्दिरमा ‘एक सच्चे सन्त की आध्यात्मिक जीवनी’ नामक पुस्तक लोकार्पण गरिने भएको छ। सोही दिन यस पुस्तकको अङ्ग्रेजी संस्करण पनि लोकार्पण गरिने छ। यस पुस्तकका लेखक दिल्ली निवासी राजकृष्ण चावला हुन्। संस्कार भारती सिक्किमका अध्यक्ष किरण रसाइलीले लेखक एवं चार्टर्ड एकाउन्टेन्ट राजकृष्ण चावलाले अहिलेसम्म चारवटा पुस्तक प्रकाशित गरिसकेको जानकारी गराए। यसै क्रममा आगामी १७ दिसम्बरको दिन ठाकुरबाड़ी मन्दिरमा गणमान्य जनहरूको उपस्थितिमा ‘एक सच्चे सन्त की आध्यात्मिक जीवनी’ र यसको अङ्ग्रेजी संस्करणको सिक्किम लोकार्पण सम्पन्न गरिने उनले बताए। यस अवसरमा स्वामी र्स्वानन्द सरस्वतीजी तथा भारत अनि नेपालका साधु-सन्तहरूको पनि उपस्थिति रहने उनले बताए।

लेखक चावलाले पहिले आफु एक पत्रकारको रूपमा पनि काम गरिसकेको तर, विगत पॉंच-छ वर्षदेखि लेखनको क्षेत्रमा लागिपरेको अवगत गराए। उनले स्वामी गुरुचन्द दासजी महाराज एक यस्ता सन्त थिए जसले आफ्नो सम्पूर्ण जीवन सनातन धर्मको सेवामा बताएको बताए। स्वामी गुरुचन्द दासजी महाराजले देशभरि सयौंको संख्यामा मन्दिरहरू पनि निर्माण गरे तर, उनको नाममा एक टुक्रा जमिन नरहेको उनले बताए। उनले स्वामी गुरुचन्द दासजी महाराजले समाजमा उल्लेखनीय योगदान दिएको भए तापनि उनका कार्यहरूलाई अहिलेसम्म कसैले प्रकाशमा ल्याउने काम नगरेको बताए। यस कारण यस्ता एक महान सन्तका कार्यहरूलाई प्रकाशमा ल्याएर मानिसहरूलाई जीवन कसरी जिउनु पर्ने हो भन्ने सन्देश दिने उद्देश्यका साथ यो पुस्तक लेख्ने कार्य गरेको उनले बताए। उनले यस पुस्तकमा उनका जीवनी, प्रवचनहरू आदि विषयहरू रहेका छन् भनी बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement