पटनामा आयोजित ‘शिक्षा सम्मान समारोह’-मा राज्यपाल गंगा प्रसादको सहभागिता

IMG-20221212-WA0349.jpg

गान्तोक: बिहार पब्लिक स्कूल एण्ड चिल्ड्रेन वेलफेयर एसोसिएसनद्वारा पटनामा ‘शिक्षा सम्मान समारोह’ आयोजना गरिएको थियो। जसमा सिक्किमका राज्यपाल गंगा प्रसाद प्रमुख अतिथिको रूपमा उपस्थित थिए। सो अवसरमा उत्कृष्ट काम गर्ने निजी संस्थाका प्रधानाध्यापक, निर्देशक तथा शिक्षकहरुलाई सम्मान गरिएको थियो। राज्यपालले आफ्नो सम्बोधनमा सम्पूर्ण कर्तव्य उन्मुख र समर्पित महानुभावहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे। शिक्षकहरू समाजका मेरुदण्ड हुन् र देशका वास्तुकार हुन् भन्दै सधैं देशका होनहार सन्तानहरुको पहिचान गरी राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय स्तरमा समेत चिनाउन सहयोग गर्ने बताए। उऩले शिक्षाको दायरा बढाउँदै लैजाने समेत बताए। ग्रामीण क्षेत्रमा पनि गुण स्तरमा काम गरौँ ताकि ग्रामीण क्षेत्रका बालबालिकाले पनि बढीभन्दा बढी लाभान्वित होस्, उऩले भने। सो अवसरमा बिहार सरकारका उद्योगमन्त्री समीरकुमार महासेठ, विज्ञान तथा प्रविधिमन्त्री सुमितकुमार सिंह, नालंदा खुला विश्वविद्यालयका उपकुलपति केसी सिन्हा, संघका राष्ट्रिय अध्यक्ष डा.डीके सिंहलगायतको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement