गान्तोक: आगामी १४-१८ दिसम्बरसम्म आसमको सैनिक भवनमा सम्पन्न हुने २०औं नर्थ इस्ट इन्डिया चेस प्रतियोगितामा सहभागी बन्न राज्यका २३ जना खेलाडीहरू आज आसम प्रस्थान गरे। एआईसीएफ, फिडे र आसम चेस एसोसिएशनको संयुक्त पहलमा आयोजना हुने राज्यका २३ जना खेलाडीहरूले सहभागिता जनाउने जानकारी प्राप्त भएको छ। यस टोलीको नेतृत्वमा सिक्किम चेस एसोसिएशनका महासचिव महेन्द्र ढकालले गरेका छन्। ढकालले जानकारी गराए अनुसार सिक्किमले चेसमा छोटो अवधिमा धेरै विकास गरेकोछ। राहुल गुरूङ जस्ता राम्रा राम्रा खेलाडीहरूले सिक्किमले जन्माउन सकेकोमा उनले खुशी प्रकट गरेका छन्। आगामी दिनमा अझ राम्रो राम्रो खेलाडीहरू सिक्किमले जन्माउन सक्ने कुरामा उनले विश्वास व्यक्त गरेका छन्।