किताम उच्च माध्यमिक विद्यालयको हीरक जयन्ती कार्यक्रम सम्पन्न

2356ec45-0e80-4899-a2c0-7526f89bb25e

नाम्ची– नाम्ची जिल्लाअन्तर्गत किताम सार्वाजनिक खेल मैदानमा आज किताम उच्च माध्यमिक विद्यालयको हीरक जयन्तीको चौथो दिनको कार्यक्रम सम्पन्न भयो। यस जयन्तीको आयोजना स्कूलका पूर्व विद्यार्थी सङ्गठन र स्कूल परिवारले गरेका हुन्। आजको कार्यक्रममा बर्फुङ निर्वाचन क्षेत्रका विधायक टीटी भोटिया प्रमुख अतिथिको रुपमा उपस्थिति रहेका थिए। मल्ली निर्वाचन क्षेत्रका विधायक फरवान्ती तामाङ विशिष्ट अतिथिको रुपमा उपस्थित रहेकी थिइन्। विधायक भोटियाले आफ्नो सम्बोधनमा आयोजक समितिलाई यसरी भव्य कार्यक्रम आयोजना गरेर स्थानीय युवा भाई-बहिनीहरूको निम्ति विभिन्न कलाहरूलाई प्रदर्शन गर्ने अथवा प्रोत्साहित गर्ने मञ्च प्रदान गरिएकोमा बधाई एवं धन्यवाद दिए। यसरी आफूलाई यस कार्यक्रममा उपस्थित हुन पाउँदा खुशी लागेको तिनले बताए।

कार्यक्रममा किताम लगायत अन्य विद्यालयका विद्यार्थीहरूद्वारा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। यस्तै प्रकारले कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको आजको प्रथम खेलमा एकको विरूद्ध तीन गोल लगाएर जोङ्ग्री एकाडमीलाई दार्जीलिङ पुलिसले पराजित गऱ्यो भने दोस्रो खेलमा जोगेन एफसीले एकको विरूद्ध चार गोल लगाएर सिक्किम बोइजलाई पराजित गऱ्यो। यस अवसरमा रालोङ-बोरोङ प्रादेशिक क्षेत्रका पूर्व जिल्ला पञ्चायत टाशी डाडुल भोटिया, किताम मानपुर प्रादेशिक क्षेत्रका जिल्ला पञ्चायत सदस्य रेमिका तामाङ, ग्राम पञ्चायतगण आदिको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement