नोरा फतेहीले ज्याकलिन फर्नान्डिसलाई हालिन् २०० करोडको मुद्दा

00-Nora-Fatehi-1

मुम्बई: नोरा फतेही र ज्याकलिन फर्नान्डिस महाठग सुकेश चन्द्रशेखरको २०० करोडको मनी लान्ड्रिङ केसमा एकअर्कासँग लडिरहेका छन्। अब नोरा फतेहीले अभिनेत्री ज्याकलिन फर्नान्डिसमाथि अपमानजनक र गलत टिप्पणी गरेको आरोप लगाउँदै २०० करोडको मुद्दा दायर गरेकी छिन्। ज्याकलिन बाहेक नोराले १५ मिडिया हाउसविरुद्ध मानहानीको मुद्दा समेत दायर गरेकी छिन्। नोराले यस मामिलामा ज्याकलिन र केही मिडियाले एकअर्कासँग काम गरिरहेको दाबी गरेकी छन्।

बलिउड अभिनेत्री नोरा फतेहीले चन्द्रशेखरको ठगी मुद्दामा आफ्नो नाम जबरजस्ती लिइएको आरोप लगाएकी छन्। उनले सुकेशसँग आफ्नो प्रत्यक्ष सम्पर्क नभएको बताइन्। उनले सुकेशलाई आफ्नी पत्नी लीना मारिया पलमार्फत मात्रै थाहा भएको बताएकी छिन्। नोराले सुकेश चन्द्रशेखरबाट महँगो उपहार लिने कुरामा पनि गलत बताएकी छिन्। नोराले आफूविरुद्ध जे पनि बोलेकी छिन् त्यसले आफ्नो छविमा चोट पुगेको बताएकी छन्। महाठग सुकेश चन्द्रशेखर केसको छानबिनका क्रममा ईडीले नोरा फतेही र ज्याकलिन फर्नान्डिससँग पनि पटक पटक सोधपुछ गरिसकेको छ। नोरा र ज्याकलिनले सुकेशबाट महँगो उपहार लिएको बताइएको छ। तर, सोधपुछका क्रममा नोराले आफूमाथि लागेका यी आरोपहरूलाई हरेक पटक अस्वीकार गर्दै आएको रिपोर्टमा भनिएको छ। यति मात्रै होइन, सुकेशले नोराको भाउजु बबीलाई करिब ६५ लाख रुपियाँको बीएमडब्लू कार उपहार दिन चाहेको खबर पनि आएको थियो, तर यसलाई नोराले अस्वीकार गरिन्। यसै क्रममा नोरालाई पनि शंका लागेको बताइएको छ। त्यसपछि सुकेशले उनलाई लगातार फोन गरिरहे, जसका कारण अभिनेत्रीले उनको नम्बर ब्लक गरिन्। नोराले ईडीलाई सोधपुछका क्रममा आफूले सुकेशकी पत्नी लीनालाई एक कार्यक्रममा भेटेको बताएकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement