सिलगढी: हाल सिलगढी शहरमा अपराधमूलक घटनाहरू बढ्दै गइरहेकोले गर्दा प्रशासन चिन्तित रहेको छ। यसैले एउटा गैर सरकारी संस्थाको सहयोगमा चाँडै सिलगढी शहरको विभिन्न इलाकामा सीसीटीभी क्यामरा जडान गरिने भएको छ। आज गैर सरकारी संस्थाका अधिकारी, पुलिस, महकुमाशासक, नगरनिगमका अधिकारी, मेयर परिषदका सदस्यहरूको साथमा मेयर गौतम देवले एउटा बैठक गरे। मेयर देवले भने, एउटा गैर सरकारी नेटवर्किङ संस्थाको तर्फबाट प्रपोजल दिएको छ। हाल यस विषयमा चर्चा परिचर्चा गरिरहेका छौं। चाँडै उच्च अधिकारीहरूलाई यसबारे अवगत गराएपछि नै निर्णय अनुसार कार्य सुरू गरिनेछ।