मलंगी ग्राम पञ्चायत क्षेत्रबाट भाजपामा सामेल

cd86714c-4689-4cf4-a7ad-4b7d56365c46


कालचिनी – दलदबदलको प्रक्रियामा कालचिनी खण्डको मलंगी ग्राम पञ्चायत क्षेत्रबाट प्रायः २० परिवारका ७० जना सदस्यहरूले अन्य राजनैतिक दल त्याग्दै भाजपामा सामेल भएको भाजपा सुत्रले जनाएका छन्| आइतबार अबेर सॉंझ सुभाषिनी चियाबारीमा उक्त योगदान कार्यक्रम सम्पन्न भएको थियो भने सो अवसरमा भाजपा जिल्ला नेता प्रदिप कुजूर लगायत भाजपा कालचिनी विधानसभा क्षेत्र संयोजक आलोक मित्र र लोथाबारी ग्राम पञ्चायतका उपप्रधान गौरी ठाकुरको उपस्थिति रहेको थियो|
भाजपा कालचिनी विधानसभा क्षेत्र संयोजक आलोक मित्रले यसपाली सम्पन्न हुने त्रिस्तरीय पञ्चायत चुनाउमा भाजपा बलियो हुने र अहिले धेरै मानिसहरु तृणमूलबाट वाकदिक भएर भाजपामा सामेल भइरहेको र आगामी भविष्य कालचिनी खण्डमा भाजपाको पञ्चायत बोर्ड बन्ने बताएको छ|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement