पश्चिम बङ्गाल: बन्द रहेको खरसाङको लङ्भ्यु चियाबारीका श्रमिकहरूलाई जीटीए चिफ् अनित थापाको सहयोगमा रहल रकम र पाँच प्रतिशत बोनस पनि वितरण गरिने

IMG-20221212-WA0308.jpg

खरसाङ: जीटीए प्रमुख कार्यपाल अनित थापाले दिएको समयमा खरसाङको लंगभ्यु चियाबारी मालिक पक्ष श्रमिकहरूको रहल रकम भुक्तान गर्न असमर्थ भएको छ। आज बिहान लंगभ्यु चियाबारी कार्यालय अघि सम्पन्न मिटिङलाई सम्बोधन गर्दै हिल तराई डुवर्स प्लानटेशन लेबर वर्कर्स युनियन लंगभ्यु यूनिट सन्तोस गोलेले उक्त कुरा जनता समक्ष राखे। उनले लंगभ्यु चियाबारी मालिक पक्ष कहिले पनि श्रमिकहरूको हितमा नरहेको कुरा फेरि दोहोराए। चियाबारीको मालिक पक्षको उदासीन नीतिको कारणले श्रमिकवर्गले धेरै दुःख पाइरहेको पनि उनले जनाए। आफ्नो सम्बोधनमा सन्तोस गोलेले विपक्षी पार्टीप्रति पनि कटाक्ष गरे। लंगभ्यु चियाबारीको विपक्षी पार्टीका कतिजना नेताहरु श्रमिकहरूमाझ भ्रम फैलाइरहेको पनि आरोप लगाए। यसको साथै अहिलेघरि सबै पार्टी एकै मंचमा आई लंगभ्यु चियाबारीको हितमा कार्य गर्न पर्ने सुझाव पनि राखे।पंखबारी लंगभीऊ अम्बटे समष्टि सभापति मनिराज डुम्जनले जीटिए प्रमुख कार्यपाल अनित थापा जहिले पनि लंगभ्युको निम्ति चिन्तित रहेको जनाए। उनले आफ्नो सम्बोधनमा चियाबारी मालिक पक्षबाट आफुमाथि बगानको प्रबन्धकहरूको बंगलोमा ताला लगाएको बिषयमा गाडीधुरा आउट पोस्टमा प्राथमिकता दर्ता गरिएको पनि जनाए। तर लंगभ्यु प्रबन्धकवर्गको बंगलोमा ताला झुन्डाउने निर्णय पार्टीको नेताको निर्णय नभएर लंगभ्युको भुक्तभोगी जनताको निर्णय रहेको जनाए। पंखबारी लंगभ्यु अम्बटे समष्टि सभापति मनिराज डुम्जनले आगामी बुधबार भित्रमा लंगभ्यु चियाबारीमा कार्यरत श्रमिकहरूको रहल रकम साथै रहल 5 % बोनस पनि पाउने जनाएका छन्। यस विषयमा उनले जीटिए प्रमुख कार्यपाल अनित थापामार्फत चियाबारी नयाँ मालिकलाई हस्तान्तरण गर्न विषयमा पनि सम्पर्क गरिरहेको जनाए। श्रमिक पक्षको हितको निम्ति आफू जेल जान पनि तयार रहेको उनले आफ्नो सम्बोधनमा जनाए। आज बिहान धेरै मात्रामा लंगभ्यु चियाबारीमका श्रमिकवर्ग साथै स्टाफहरू चियाबारी कार्यालय अघि जम्मा भएर बसेका थिए। उनीहरूको रहल रकम साथै बोनस चाँडै पाउने खबरले श्रमिकहरूमाझ खुशीको लहर छाएको छ। श्रमिकवर्गले यस कार्यको निम्ति जीटीए प्रमुख कार्यपाल अनित थापा साथै पंखबारी लंगभ्यु अम्बटे समष्टिकी कार्यकारी सभासद कल्पना प्रधान प्रति आभार व्यक्त गरेका छन्। लंगभ्यु चियाबारी श्रमिकवर्ग अब उसो जीटीए प्रमुख कार्यपाल अनित थापाको दिशा निर्देशनमा चियाबारी सुचारू रूपमा चल्ने विषयमा विश्वस्त रहेको पनि जनाएका छन्। आज केही क्षणको चियाबारीको कार्यालय परिसरको मिटिङ श्रमिकहरू आफ्नो दैनिक कार्यको निम्ति गएको लंगभ्यु यूनिट ट्रेड यूनियन सचिव सतेन थापाले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement