पश्चिम बङ्गाल: खरसाङमा प्रजातान्त्रिक असंगठित श्रमिक संगठनकाे पहिलाे स्थापना दिवस समारोह सम्पन्न

photocollage_202212121834121.jpg

खरसाङ: प्रजातान्त्रिक असंगठित श्रमिक संगठनकाे पहिलाे स्थापना दिवस खरसाङको नयाँ बजारस्थित टाउन हलमा सप्पन्न भयएको छ। बिरबल पाखरिङकाे अध्यक्षतामा सम्पन्न गरिएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रहरुबाट आएका श्रमिकहरुकाे उपस्थिति रहेकाे थियो। यसमा कार्यक्रममा सिटाेङ, दिलाराम, करबिर, महानद, टुंग गैरी गाउँ, महारानी, डाउहिल साथै अन्य ठाउँहरुबाट आएका श्रमिकहरु उपस्थित भएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै जीटीएको जनसम्पर्क अधिकारी एंव भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले न्यायकाे निम्ति सबै एक हुने आह्लान् गरेका छन्। उनले भने, ‘हामी फुटेर हाेईन जुटेर लगनशील भएर काम गर्नु पर्नेछ अनि हाम्रो श्रमिकहरुकाे लक्ष्य पूरा हुनेछ हामी सधै तपाईहरुकाे साथमा छाैं। अनित थापा हजुरहरुकाे साथमा छन्। जीटीए क्षेत्रहरुमा धेरै विकासकाे याेजनाहरु शुरु भएको छ र उक्त याेजनाहरुतिर पनि पहाडी क्षेत्रका श्रमिकहरुलाई नै पहिलो प्राथमिकता दिरहेकाे जानकारी टुङ्ग सन्त मेरिज समष्टि का सभासद नुरी शेर्पाले गरे। उनले मेहनत र लगनसँगै काम गरे काेही पनि भाेकाे हुँदैन। गोर्खा जाति गरेर खाने जाति हाे, मागेर खाने संस्कार हामीमा छैन र यस्ता उदाहरण आजकाे भीडले बताएका छन्। शेर्पाले अघि भने, हामी हजुरहरुलाई हरेक माेडमा सहयाेग गर्न तयार छाैं, एक सुत्रमा बाँधिएर काम गर्नु हाेस हामी साथ रहने वचन दिएका छन्। सभालाई सम्बोधन गर्दै संगठनका मूल सचिव शरण विश्वकर्मले भने, ‘हामी श्रमिकहरु भताभुङ्ग भएर हाेईन एक भएर समस्याकाे समाधान गर्ने दिशामा लागि पर्नुपर्छ। हामीले पार्टीकाे दिशा निर्देशनमा रहेर नै काम गर्नु जरुरी छ। भारत वर्षमा जाे जहाँ पनि काम गरेर खानु सकिन्छ तर प्रवासी मजदुरहरुले पनि आफ्नो सिमा नाङ्नु हुँदैन। संगठनभित्र रहेर काम गर्नुपर्छ। आफ्नो क्षेत्रकाे काम आफुले गर्नुपर्छ, सबै काम एक्लैले गरेर हुँदैन। यहाँकाे श्रमिकहरुलाई पनि समेटेर काम गर्नुपर्छ। आज खुशीकाे दिन हाे संगठनकाे पहिलो स्थापना दिवस हाे आज भेला भएर खुशीयाली मनाउनुपर्छ। जनवरी महिनाकाे पहिलाे सातामा हामी राेजगार विषयमा एउटा सभा गर्नेछाैं। दैनिक हाजिरामा धेरै बढोत्तरी भएकाे छ। यसलाई हामी कम गर्ने पक्षमा छाैं याे निर्देश जारी गर्नेछाैं। सबैले मानिलिएकाे हुनुपर्छ।’
सभालाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको महासचिव एवं मनोनित सभासद प्रणाम रसाइलीले श्रमिक संगठनले गरेकाे कामहरुकाे प्रशंसा गरे। यसको साथै संगठन सम्पूर्ण सदस्यहरुलाई बधाई दिए। मनोनित सभासद प्रणाम रसाईलीले अघि भने, ‘संगठनले अझैं धेरै काम गर्नुछ, श्रमिकहरुकाे हक र अधिकार दिलाउने दिशामा अघ बढनुपर्छ। सरकारले दिन्छ हामी खाेजेर जानु सक्दैनाैं। अब यस्ता श्रमिकहरुकाे लागि संगठनले काम गरेको हुनुपर्छ पार्टीकाे तर्फबाट साथै मेराे व्यक्तिगत तर्फबाट केही पनि गर्नु परे हामी तयार छाैं।’
कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष बिरबल पाख्रिनले भने ‘संगठनले श्रमिकहरुकाे लागि हामीले धेरै काम गरेका छाैं। विगतकाे दिनहरुमा श्रम विभागबाट पाउनुपर्ने सहुलियतहरु हामीले दिलाउने दिशामा धेरै काम गरेका छाैं परिश्रमी श्रमिक हरु हितमा धेरै याेजनाहरु बनाएका छाैं। आगामी दिनमा यसकाे फल श्रमिकहरुले अवश्य पाउँने छन् हाेटल क्षेत्रमामा पनि यहाँको हाेटल मेनेजमेन्ट गरेका कामदारहरु संख्या 80% प्रतिशत अन्यहरुकाे २०% प्रतिशत हुनुपर्छ भन्ने पक्षमा महकुमा शासक कहाँ पत्रचार पनि गरेका छाैं। हाेटल सेक्टरले यस विषयमा लागिपरेका छन्। हामीले सक्दाे सहयाेग गरिरहेका छाैं पार्टीले पनि हामीलाई सहयाेग दिईरहेकाे छ। कार्यक्रममा सहभागी हुने सबैलाई धन्यवाद पनि दिएका थियो साथै दैनिक राेजीराेटी गरिखाने श्रमिकहरुलाई सम्मानस्वरुप खदा लगाएर पुरस्कार वितरण गरियो। कार्यक्रममा खरसाङ देवराली समष्टिका सभासद शयाम शेर्पा, भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति खरसाङ महकुमा समितिको अध्यक्ष पेमेन्द्र गुरुङ सदस्य बिक्रम छेत्री, हाेटल सेक्टर काेषध्यक्ष रन्जन तामाङले पनि आफ्नो सम्बोधन राखेका थिए भने संगठनका कार्यवाहक अध्यक्ष एल्जिन ब्राहमणले सञ्चालन गरेकाे सभामा स्वागत भाषण सह सचिव प्रसाद सुन्दासले राखेका थिए। सभामा भागाेप्रमो टाउन कमिटी अध्यक्ष राजु शर्मा, सागंठनिक सचिव गुन्जन शर्मा, प्रचार प्रसार सचिव दिपेन्द्र सेवा, मूल काेषाध्यक्ष सन्जय प्रधान, युवा टाउन कमिटी अध्यक्ष कमलेश राई, हाेटल सेक्टरका अध्यक्ष समीर गुरुङ, श्रमिक संगठनका उप सभापति बिजय गुरुङ, अशाेक प्रधान काेषाध्यक्ष चन्दन गुरुङ, सह सचिव मुन्ना तामाङ, प्रवकर सार्की साथै अन्य सदस्यहरु उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement