सिलगढी: सिलगढी हायर गर्ल्स स्कूलका श्रेयश्री सरकार र स्नेहा घोष नामका दुई आन्दोलनकारी छात्राहरू अचानक बिरामी परे। तिनलाई सिलगढी जिल्ला अस्पतालमा भर्ना गरिएको छ। उल्लेखनीय कुरा के छ भने सिलगढी हायर सेकेन्डरी स्कूल फर गर्ल्सका लगभग १५० छात्राहरू यस वर्ष माध्यमिक र उच्च माध्यमिक परीक्षामा अनुत्तीर्ण भएका छन्। ती सबै परीक्षा उत्तीर्ण हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन्।









