पश्चिम बङ्गाल: १० कक्षाका विद्यार्थीद्वारा आत्महत्या

IMG_20221212_164923.jpg

सिलगढी: सिलगढी नजिकैको डबग्राम-फुलबारी विधानसभा क्षेत्रको उत्तर शान्तिनगर पञ्चानन रोडमा एक १६ वर्षीय दिपेश मण्डल नाम बालकले आत्महत्या गरेको छ। तिनी महिलाको जस्तै लुगा लगाएका थिए। तिनी सिलगढी बर्दकान्त विद्यापिठको माध्यमिकका विद्यार्थी थिए। विद्यार्थीले आत्महत्या गरेको जानकारी पाएपछि सिलगढी महानगरीय प्रहरी अन्तर्गत असिघर आउट पोस्टको पुलिस घटनास्थलमा पुगेर स्थितिको जाँच लिएको थियो। प्रहरीले शव बरामद गरी पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालमा पठाएको छ। आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement