सिलगढी: सिलगढीमा एक व्यक्तिको रहस्यमय मृत्युले पुरै शहरमा सनसनी मच्चिएको छ। सोमबार दिउँसो सिलगढी नजिकैको बैकुण्ठपुर जङ्गलमा एक व्यक्तिको शव फेला परेपछि त्यहाँ हलचल मच्चिएको छ। मृतकको नाम रामप्रसाद बसाक हो। स्थानीयले उनको रगत लतपतिएको शव डबग्राम–२ वनक्षेत्र अन्तर्गतको जंगलमा फेला पारेका थिए। सूचना पाए लगत्तै आशिघर आउट पोस्टको पुलिस घटनास्थलमा पुगेर शवलाई बरामद गरी पोस्टमार्टमका लागि सिलगढी जिल्ला अस्पतालमा पठाइएको थियो। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।










