भूपेन्द्र पटेलले गुजरातको १८औं मुख्यमन्त्रीको शपथ लिए

00-Bhupendra-Baghel-Gujrat-CM

गान्धीनगर: गुजरातमा नयाँ सरकारले आज शपथ ग्रहण गरेको छ। भूपेन्द्र पटेलले लगातार दोस्रो कार्यकालका लागि गुजरातको मुख्यमन्त्रीको शपथ लिएका छन्। उनलाई राज्यपाल आचार्य देवव्रतले पद तथा गोपनीयताको शपथ गराए। शपथ ग्रहण समारोह गान्धीनगरको नयाँ सचिवालय नजिकैको हेलिप्याड मैदानमा सम्पन्न भयो। यस कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष जेपी नड्डा, रक्षामन्त्री राजनाथ सिंह, सडक यातायात तथा राजमार्गमन्त्री नितिन गडकरी, केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मण्डाविया, केन्द्रीय मन्त्री पुरुषोत्तम रुपाला, सर्बानन्द सोनोवाललगायत उपस्थिति थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement