कोलकाता: दिसम्बर महिनामा केहि ठूलो हुन गइरहेको छ भन्ने हल्ला भाजपाको तर्फबाट हल्ला फैलिएको छl यसको प्रतिक्रियामा पूर्व मन्त्री पार्थ च्याटर्जीले भने, ‘तृणमूललाई कुनै हानी पुर्याउन सक्दैनl’ आज उनी अदालतमा उपस्थित भएका थिए। यसैबीच, मिडियाको प्रश्नको जवाफमा उनले तृणमूललाई कसैले हानी गर्न नसक्ने बताए। पार्टीले उनलाई पदबाट निष्कासन गरेको छ, उनी मन्त्री पदमा पनि छैनन्, तर यसअघि पनि उनले तृणमूलको प्रशंसा गरेका थिए।










