कोलकाता: दक्षिण बङ्गालको टेंगरामा रहेको प्लास्टिक कारखानामा सोमबार भीषण आगलागी भएको छ। खबर पाएलगत्तै १० वटा दमकल घटनास्थलमा पुगेर आगो निभाउन थालेको बताइएको छ।
सुरुमा स्थानीयले आगो निभाउने प्रयास गरेपनि आगो नियन्त्रणमा आउन नसकेपछि दमकललाई खबर गरिएको थियो। फ्याक्ट्रीमा प्रचुर मात्रामा ज्वलनशील पदार्थ रहेका कारण आगो तिब्र गतिमा फैलिएको थियो। आगो निभाउनुका साथै कोही फसेको भए नभएको हेर्न कारखानाका कर्मचारीले पनि अनुगमन गरिरहेका छन् भने कोही फसेको भए तत्काल फिर्ता ल्याउने व्यवस्था मिलाइएको छ।










