करिश्मा तामाङ स्मृति फूटसलः ओपनमा गोर्खा सेभेन अनि सिलगढ़ी टाउन भेटरन्स च्याम्पियन

IMG-20221212-WA0148.jpg

सिलगढ़ी युनाइटेड फूटबल क्लबको तत्त्वावधानमा आयोजित करिश्मा तामाङ स्मृति फूटसल कप (सीजन ५)-को ओपन वर्गमा गोर्खा सेभेन च्याम्पियन भयो। आइतवार वन् शट् फूटसल एरेना (सालुगढ़ा नजिक, रिलायन्स स्टोरको पछिल्तिर)-मा भएको यस एकदिने फूटसल च्याम्पियनशीपको ओपन वर्गको फाइनलमा गोर्खा सेभेनले प्रधाननगर फूटबल क्लब (पीएनएफसी)-लाई टाईब्रेकरमा २-१-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। प्रतियोगितामा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। व्यक्तिगत पुरस्कारहरूमा गोर्खा सेभेनका छितेगले प्लेयर अव् द म्याच अनि सुलभ छेत्रीले प्लेयर अव् द टुर्नामेण्टको पुरस्कार जिते। यसरी नै पीएनएफसी-का निकेश छेत्रीले बेस्ट गोलकीपरको पुरस्कार जिते। ओपन वर्गमा जम्मा १६ वटा टीमले हिस्सा लिएको थियो। यसबाहेक तीनवटा टीमले हिस्सा लिएको भेटरन्स प्रतियोगितामा सिलगढ़ी टाउन भेटरन्स च्याम्पियन भयो। फाइनलमा सिलगढ़ी टाउन भेटरन्सले पीएनएफसी भेटरन्सलाई ४-२-ले पराजित गऱ्यो। विजेता टीमका सौरभ देवले प्लेयर अव् द टुर्नामेण्ट अनि सुरजीत दे-ले बेस्ट गोलकीपरको पुरस्कार जिते। पीएनएफसी भेटरन्सका कर्मा सोनम तामाङले प्लेयर अव् द म्याचको पुरस्कार जिते। ओपन वर्गमा ट्रफीहरू उपासना गुरुङ अनि परिवारले एमबी दियालीको स्मृतिमा डोनेट गरेका थिए।

यसरी नै भेटरन्स वर्गमा ट्रफीहरू किरण छेत्री अनि परिवारले शरु छेत्रीको स्मृतिमा डोनेट गरेका थिए। अतिथिको रूपमा पूर्व फूटबलर राजेन गोले, सिलगढ़ी युनाइटेडका प्रमुख सल्लाहकार निमा लामा, पीएनएफसी-का अध्यक्ष कर्मा सोनम तामाङ, कौशिक चक्रवर्ती र परिमल सेन उपस्थित थिए भनी सिलगढ़ी युनाइटेड एफसी-का प्रमुख अनिमेश लामाले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement