घूम जोरबंग्लो भेटरन्सको तत्त्वावधानमा आयोजित दीपक गजमेर स्मृति भेटरन (४० वर्षभन्दा माथि) फूटबल टुर्नामेण्टमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी) भेटरन्स र बतासिया भेटरन्सले सेमिफाइनलमा स्थान बनायो। स्थानीय घूम बोइज हायर सेकेण्डरी स्कूल खेल मैदानमा आइतवार भएको तेस्रो क्वार्टर फाइनल म्याचमा यूकेएफसी भेटरन्सले सिनाल्चु नाम्ची (सिक्किम) भेटरन्सलाई ४-३-ले पराजित गऱ्यो। विजेता टीमबाट जितेन राईले ह्याट्रिक गरे। यसबाहेक नितेन प्रधानले १ गोल गरे। यसरी नै सिनाल्चु भेटरन्सबाट सोन छिरिंग लेप्चाले २ अनि मयल लेप्चाले १ गोल गरे। यसरी नै चौथो क्वार्टर फाइनल म्याचमा बतासिया भेटरन्सले रोयल एफसी भेटरन्स, सिलगढ़ीलाई ५-१-ले पराजित गऱ्यो। विजेता टीमबाट करण गुरुङले २ गोल गरे।

यसबाहेक सतीश राई, सुदीप राई र टासी भूटियाले १-१ गोल गरे। रोयल एफसी भेटरन्सबाट दोर्जे लामाले १ गोल गरे। यस भेटरन्स टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २५ दिसम्बरमा खेलिनेछ।










