युनाइटेड सिंगबुली गेम्स एण्ड स्पोर्ट्स कमिटीको तत्त्वावधानमा सदभावना कप नगद राशि फूटबल टुर्नामेण्टको चौथो सीजन आउँदो १८ दिसम्बरदेखि आयोजन गरिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १,११,१११ रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५५,५५५ रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको निम्ति टीमहरूको नाम पञ्जीकरण गराउने अन्तिम मिति ९ दिसम्बर थियो। आयोजकहरूले टुर्नामेण्टको फिक्स्चर चाँड़ै जारी गर्ने जानकारी प्राप्त भएको छ। सबै म्याचहरू सिंगबुली पब्लिक ग्राउण्डमा खेलिनेछ।










