टिंगलिंग (Tingling)-मा च्याम्पियन्स कपः रोमाञ्चक जीतको साथ धुसेनी एफसी सेमिफाइनलमा

IMG_20221212_114933.jpg

नमुना परिवार, टिंगलिंग चियाबारीको तत्त्वावधानमा आयोजित च्याम्पियन्स कप खुल्ला नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दोस्रो क्वार्टर फाइनल म्याच खेलियो। स्थानीय गढ़ी खेल मैदानमा भएको म्याचमा धुसेनी एफसी-ले मगरजुंगको निर्वाणा एफसी-लाई टाईब्रेकरमा ३-१-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै भेटरन्स प्रतियोगितामा सुकना भेटरन्सले टिंगलिंग भेटरन्सलाई ५-०-ले पराजित गऱ्यो भनी आयोजक नमुना परिवार टिङलिङको पक्षमा बिपेन थापाले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement