नागरी फार्म टी स्टेट विजयी

IMG_20221212_102740.jpg

युनाइटेड स्पोर्टिंग क्लब (नागरी फार्म टी स्टेट)-को तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा नागरी फार्म टी स्टेट-ले आफ्नो म्याच जितेर अघिल्लो राउण्डमा प्रवेश गऱ्यो। नागरी फार्म खेल मैदानमा आइतवार भएको म्याचमा नागरी फार्म टी स्टेट-ले दार्जीलिङ जिल्ला अस्पतालको टीमलाई ३-१-ले पराजित गर्यो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। फाइनल २९ जनवरीमा हुनेछ भनी आयोजक समितिको पक्षमा सांगडुप तामाङले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement