राइजिंग युथ क्लब, लाब्दा (मंगपू)-को तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्ट २०२२-मा आइतवार दुईवटा म्याच खेलियो । ग्राम सेवक प्राइमरी स्कूल खेल मैदान (लाब्दा, मंगपू)-मा भएको पहिलो म्याचमा थ्री कोन दार्जीलिङले ४० धुरा मंगपूलाई टाईब्रेकरमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। यसरी नै दोस्रो म्याचमा सोरेंग एफसी-ले एपेक्स एफसी-लाई ३-१-ले पराजित गऱ्यो। टुर्नामेण्टमा जम्मा ३६ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २६ र २७ दिसम्बरमा हुनेछ। यसरी नै फाइनल ३१ दिसम्बरमा खेलिनेछ। यस सिक्स ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।