मञ्जुश्री गोल्ड कपः आर्म्ड पुलिस सेमिफाइनलमा

photocollage_2022121202022706.jpg

सौरेनी बस्ती मञ्जु ड्राइवर वेलफेयर एसोसिएशनको तत्त्वावधानमा आयोजित मञ्जुश्री गोल्ड कप फूटबल टुर्नामेण्ट (सीजन ३)-मा आर्म्ड पुलिस (डाबग्राम)-ले सेमिफाइनलमा प्रवेश गऱ्यो। सौरनी बस्ती घुमाउने टार (साधु गाउँ) खेल मैदानमा आइतवार भएको चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा आर्म्ड पुलिसले एसडीएससी, झापा (नेपाल)-लाई ३-१-ले पराजित गऱ्यो। म्याच हारे पनि एसडीएससी-का देव मल्लिकलाई प्लेयर अव् द म्याच चयन गरियो। अब आउँदो शनिवार (१७ दिसम्बर)-को दिन खेलिने पहिलो सेमिफाइनल म्याचमा आर्म्ड पुलिस र गत सीजनको विजेता दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए)-बीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा २० वटा टीमले भाग लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १७ र १८ दिसम्बरमा हुनेछ। यसरी नै फाइनल २५ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई चरण राई स्मृति ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक सौरेनी बस्ती मञ्जु ड्राइवर वेलफेयर एसोसिएशनका सचिव सुजु राईले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement