नयाँ निर्माण कार्य सञ्चालन गर्नका लागि जमीन खन्ने कार्यमा पूर्ण रोक

foundation-feature.jpg

गान्तोकः देशको पूर्वोत्तर क्षेत्रमा मनसुन शुरु भइसकेको तथा यसबाट हुने वर्षाका कारण पैह्रोको सम्भावित खतरालाई ध्यानमा गान्तोक जिल्ला प्रशासनले जिल्लाभरि नयाँ निर्माण कार्य सञ्चालन गर्नका लागि जमीन खन्ने कार्यमा पूर्ण रोक लगाएको छ। जिल्लापाल राघुल केद्वारा आपदा प्रबन्धन ऐन २००५ को धारा ३० को आधारमा ३ जूनका दिन जारी एउटा आदेशमा नयाँ निर्माणको निम्ति जमिन खन्ने कार्यमा ३० सेप्टेम्बर २०२२ सम्म रोक लगाको जानकारी दिइएको छ। हिजोदेखि लागू भएको यस आदेशको अवधिभित्र जमीन खनेर नयाँ निर्माण शुरु गर्न पाइनेछैन। तथापि संरक्षण कार्य, पुनरनिर्माण कार्य र मरमतिका कार्य भने यस अवधि पनि सञ्चालनमा रहनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement