रोमाञ्चक जीतको साथ भोला सेभेन फाइनलमा

IMG-20221211-WA0225.jpg

युनाइटेड मञ्जु फूटबल क्लबको तत्त्वावधानमा आयोजित मणि खवास स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दोस्रो सेमिफाइनल म्याच खेलियो। मञ्जु खेल मैदानमा आज भएको म्याचमा भोला सेभेन (सिंगबुली)-ले पशुपति एकादश (नेपाल)-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल शेखर राईले गोल गरे। आजको म्याचमा मुख्य अतिथिको रूपमा सभासद मिलेश राई ( मिरिक, जीटीए) उपस्थित थिए। अब शनिवार (१७ दिसम्बर) हुने फाइनलमा भोला सेभेन (सिंगबुली) र कृष्ण सेभेन (गोपाल धारा)-बीच भिड़न्त हुनेछ । यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement