सिक्किम पुरस्कृत

35c9121f-19d0-41e3-adbd-3a3e6063bb89

गान्तोक-निर्धारित समयभन्दा अगाडि नै आयुष्मान भारत हेल्थ एण्ड वेलनेश सेन्टर्सको कार्यान्वयन सुनिश्चित गर्न सक्षम बनेकोमा सिक्किम पुरस्कृत बनेको छ। उत्तर प्रदेशको वाराणसीमा १० र ११ दिसम्बरको दिन पालन गरिएको इन्टरनेशनल यूनिभर्सल हेल्थ कभरेज (यूएचसी) डेमा सिक्किमलाई पुरस्कृत गरिएको हो।

स्वास्थ्य एवं परिवार कल्याण विभागअनुसार, प्रत्येक वर्ष १२ दिसम्बरको दिन इन्टरनेशनल यूनिभर्सल हेल्थ कभरेज डे पालन गरिन्छ। सो दिवस पालन गर्नुको उद्देश्य कुनै कठिनाइ बिना जनताको निम्ति गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु हो। यूएचसी दिवसको थीम ‘हामीले चाहेको संसार निर्माण गरौंः सबैका लागि स्वस्थ भविष्य’ रहेको छ। कार्यक्रममा केन्द्रिय स्वास्थ्य मन्त्री डा. मनसुख मण्डाविया र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विशेष रूपमा उपस्थित थिए। सिक्किमबाट स्वास्थ्य मन्त्री डा. मणिकुमार शर्मा पनि उक्त कार्यक्रममा सहभागी बने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement