सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)-को सिक्किम बचाउ अभियानको आठौं दिन

aecf6c9e-9483-4f68-90d4-c522cacd6cfc

गान्तोक-आज सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)-को सिक्किम बचाउ अभियानको आठौं दिन पार्टी अध्यक्ष पवन चामलिङ रिञ्चेनपोङ समष्टिका झुसिङथाङ, माङबीर, सुलडुङ, कामलिङ, ताकुथाङ, मङ्गलबारे, जील, नयाँबस्ती आदि गाउॅंहरूको भ्रमण गरे। स्थानीय जनताले चामलिङलाई अपार उत्साह र हर्षोल्लाससहित भव्यतापूर्वक स्वागत जनाएको जानकारी एसडीएफले प्रेस विज्ञप्तिमा दिएको छ।

विज्ञप्ति अनुसार, अभियानका क्रममा चामलिङले हरेक जनतासॅंग भेट गरेर उनीहरूका गुनासो, वस्तुस्थिति र अवस्थाहरूको जायजा प्रत्यक्ष रूपमा लिइरहेका छन्। जनताले आफ्नो अवस्था, दुःख र समस्याहरू चामलिङलाई साझा गर्दै २०२४-को चुनाउमा एसडीएफ पार्टीलाई सरकारमा पुऱ्याउन आफूहरू प्रतीक्षारत रहेको विचार व्यक्त गरिरहेका छन्।

माङ्बीर गाउँमा एसडीएफ अध्यक्षले स्थानीय जनतालाई सम्बोधन गर्दै आफ्नो चोखो माया सिक्किमका जनताको सुख, शान्ति, खुशी र समृद्धिका लागि समर्पित रहेको बताए। सिक्किमेली जनताले सधैँ सुख, शान्तिको जीवन जिउन पाउन् भनेर मुख्यमन्त्री हुँदा पनि विगतका दिनहरूमा आफूले इमान्दारपूर्वक काम गरेको र अहिले पनि काम गरिरहको उनले बताए। उनले आफ्नो राजनीतिक लक्ष्य जनताका हित, भलो, न्याय र सिक्किमको अस्तित्व र भविष्यको सुरक्षा, विकास र समृद्धि रहेको बताए।

यसरी नै उनले एसडीएफ सरकारमा पञ्चायतलाई विभिन्न अधिकार र अभिभारा दिएको, क्षमता विकेन्द्रीकरण गरी सशक्त तुल्याउने महत्त्वपूर्ण काम गरेको प्रकाश पारे। अहिलेको सरकारले सबै शक्ति र अभिभाराहरू खोसेर पञ्चायतहरूलाई शक्तिहिन, नचल्ने दुवानी बनाएर पञ्चायतको बोलबाला घटेको चामलिङले आरोप लगाए। उनले २०२४ मा एसडीएफ पार्टीको सरकार बनाएर पञ्चायतहरूलाई शक्ति हस्तान्तरण गरी फेरि पनि सशक्त बनाउने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement