सिक्किम: मुख्यमन्त्री पीएस गोलेको बाहुलीबाट राई खिमको उद्घाटन

IMG_20221211_223231.jpg

गान्तोक: राज्यभरिका किराँत, राई जातिको मुख्यालयको रूपमा निर्मित राई खिमको आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट उद्घाटन गरियो। यस अवसरमा उनकी धर्मपत्नी कृष्ण राई विशिष्ट अतिथिको रूपमा उपस्थित रहेका थिए।

उद्घाटनपछि मुख्यमन्त्री प्रेमसिंह तामाङले राई खिमको अवलोकन गरे। यस अवधि अखिल किराँत राई संघका महासचिव जेपी राई, साकेवा पर्व आयोजन समितिका मुख्य संरक्षक जेकब खालिङ, अध्यक्ष आर.के. वालिङ, उद्घाटन समारोह समितिका महासचिव जेके राई लगायत अन्य पदाधिकारीगणको उपस्थिति रहेको थियो। किराँत समुदायका प्रतिनिधिगणले मुख्यमन्त्री तामाङलाई राई खिममा रहेका सुविधाहरूबारे जानकारी गराए। त्यहाँ विरामीका आफन्तहरू साथै कुनै कार्य लिएर टाढ़ाबाट आएका किरावाहरूलाई बस्ने कोठा, राई भाषा पढ़ाउने कक्ष, सम्मेलन कक्ष आदिको मुख्यमन्त्री तामाङ अनि उनकी धर्मपत्नी कृष्ण राईले अवलोकन गरे। संगठनको मागलाई ध्यानमा राख्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले आज खिम परिसरमा रहेको केही सरकारी भूमि खिमका अन्य पूर्वाधार निर्माण गर्न प्रदान गरे।

संक्षिप्त कार्यक्रममा उद्घाटन समारोह समितिका चेयरपर्सन डा. एस.के. राईले वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङको आशीर्वादकै फलस्वरूप किराँत राई जातिको दीर्घकालदेखिको खिम निर्माणको सपना पूरा भएको उल्लेख गर्दै सम्पूर्ण किरावाहरूको पक्षबाट कृतज्ञता प्रकट गरे। कार्यक्रममा भवन तथा आवास विभागको पक्षबाट रवीन कुमार प्रधानले राई खिमबारे संक्षिप्तमा जानकारी गराए। यस खिमको निर्माणमा अहम भूमिका निर्वाह गर्ने स्वर्गीय देवकुमार राईकी धर्मपत्नी अर्जुन कुमारी राईलाई मुख्यमन्त्रीको बाहुलीबाट खदार्पण गरी सम्मान जनाइयो।

आजको कार्यक्रममा तादोङका विधायक जीटी ढुंगेल, मन्त्री सञ्जीत खरेल, पूर्व मन्त्रीद्वय जीएम गुरुङ अनि मेनलम लेप्चा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement