सिक्किम: पुरानो पेन्सन योजना फिर्ता लिन समिति गठन

IMG-20221211-WA0218.jpg

गान्तोक: राज्यमा पुरानो पेन्सन योजना फिर्तालाई लिएर आयोजना हुने ऱ्याली केही समयको निम्ति स्थागित गरिएको छ। यस योजनालाई लिएर सरकारी कर्मचारीहरूले राष्ट्रीयस्तरमा आन्दोलन गरिरहेका छन्। यसर्थ राज्यमा पनि सरकारी कर्मचारीहरूले पुरानो पेन्सन योजना फिर्ता लिनु पर्ने मागमा आज ऱ्याली आयोजना गर्ने भएको थियो। तर यस विषयलाई लिएर हिजो राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङसँग भेटभएपछि आज ऱ्याली स्थागित गरिएको संघकी अध्यक्ष पेमा डोमा भोटियाले जानकारी गराइएकी छन्। उनले बताए अनुसार यस विषयमा हिजो नै सरकारको तर्फबाट एउटा नोटिफिकेसन जारी गर्दै एक समिति गठन गरिएको छ। कार्मिक विभागका अध्यक्ष रिञ्जिङ छेवाङ भोटियाको नेतृत्वमा कमिटी गठन गरेको नोटिफिकेसनमा उल्लेख गरेको उनको भनाइ रहेको छ। मुख्यमन्त्रीले पुरानो पेन्सन योजना फिर्ता लिनुपर्ने संस्थाको मागलाई सकारात्मकरूपमा लिएको हुनाले हिजो नै कमिटी गठन गरिएको नोटिफिकेसन पनि जारी गरेको उनले बताइन्। यसरी सरकारले सकारात्मकरूपमा संस्थाको मागलाई ग्रहण गरेकोमा उनले संस्थाको तर्फबाट मुख्यमन्त्री तामाङलाई धन्यवाद पनि दिएकी छन्। यस समितिमा तीनजना रहेका छन् जसा अध्यक्ष रिञ्जिङ छेवाङ भोटिया, सदस्यहरूमा एमसीपी प्रधान र पुनिता आले सामेल रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement