सिलगढ़ी प्रीमियर लीगः यंग मेन्स एसोसिएशन च्याम्पियन

IMG-20221211-WA0213.jpg

सिलगढ़ी महकुमा क्रीड़ा परिषद (एसएमकेपी)-को तत्त्वावधानमा आयोजित सिलगढ़ी प्रीमियर लीग कम् नक्आउट फूटबल टुर्नामेण्टमा यंग मेन्स एसोसिएशन (वाईएमए) लगातार दोस्रोपल्ट च्याम्पियन भयो। कञ्चनजंघा स्टेडियममा आइतवार भएको फाइनल म्याचमा वाईएमए-ले देशबन्धु स्पोर्टिंग युनियन (डीएसयू)-लाई २-१-ले पराजित गऱ्यो। विजेता टीम करण थापाले १८औं अनि अयुष ठाकुरीले ८५औं मिनटमा गोल गरे। यसरी नै डीएसयू-बाट सनातन कर्मकारले ४५औं मिनटमा गोल गरे। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई पीसी मित्तल मेमोरियल च्याम्पियन ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनर अप् हुने टीमलाई सुलोचना देवी अग्रवाल मेमोरियल रनर अप् ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

व्यक्तिगत पुरस्कारहरूः
प्लेयर अव् द टुर्नामेण्टः सनातम कर्मकार (डीएसयू)
प्लेयर अव् द म्याचः सोनम जांगपो (वाईएमए)
हाईएस्ट स्कोररः सौरभ तामाङ (6 गोल, डीएसयू)
बेस्ट गोलकीपरः सञ्जीव केरकेट्टा (आठेरोखाई सरोजनी संघ)
बेस्ट डिफेण्डरः शुबम सूत्रधर (इला, डीएसयू)
बेस्ट प्रमिशिंग प्लेयरः बिक्की थापा (विवेकानन्द एससी)
फेयर प्ले ट्रफीः महानन्दा स्पोर्टिंग क्लब (साथमा 25 हजार रुपियाँ)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement