बङ्गाल: सुकान्त मजुमदारको गाडी रोक्ने विरोधमा महिला मोर्चाकाे विरोध र्‍याली

IMG-20221211-WA0202.jpg

सिलगढी: पञ्चायत चुनाव नजिकिँदै छ। विपक्षी दलका नेता तथा कार्यकर्ता बढी निशाना बनिरहेका छन्। हतुगञ्जको घटनालाई जनताले बिर्सेका थिएनन् कि अहिले जयनगरमा यस्तै नयाँ घटना सार्वजनिक भएको छ। भाजपा प्रदेश अध्यक्ष सुकान्त मजुमदार यसको सिकार भए। सुकान्त मजुमदारको गाडी बिच सडकमा रोकेर विरोध प्रदर्शन गरिएको आरोप छ। यससँगै गाडी तोडफोड गर्ने प्रयास पनि भएको आरोप छ। उक्त घटनालाई लिएर राज्यमा हलचल मच्चिएको छ। यस घटनाको विरोधमा भाजपा महिला मोर्चाका नेता तथा कार्यकर्ताहरूले सिलगढीमा विरोध प्रदर्शन गरेका छन्। आइतबार दिउँसो विरोध र्‍याली निकालिएको थियो। र्‍यालीको नेतृत्व अध्यक्ष शिखा मैत्राले गर्नुभएको थियो। प्रदर्शनकारीले राज्यमा कानून व्यवस्था नभएको आरोप लगाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement